ट्रम्पले २० जनवरीमा सहज तरिकाले सत्ता हस्तान्तरण गर्ने

2 years ago

ट्रम्पले २० जनवरीमा सहज तरिकाले सत्ता हस्तान्तरण गर्ने

अमेरिकी संसदले जो बाइडेनलाई अबको अमेरिकी राष्ट्रपति घोषणा गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफ्नो हार स्विकारेका छन् ।

साथै ट्रम्पले जनवरी २० मा सहज रुपले सत्ता हस्तान्तरण गर्ने बताएका छन् । गत ३ नोभेम्बरमा भएको चुनावमा राष्ट्रपति ट्रम्पले २३२ र जो बाइडेनले ३०६ इलेक्टोरल भोट पाएका थिए ।

अमेरिकी संसदले बाइडेनलाई जितको घोषणा गर्न लागेपछि ट्रम्प समर्थकले संसदमा पसेर हंगामा मच्चाएका थिए । उक्त हिंसामा एक महिलासहित ४ जनाको ज्यान गएको बताइएको छ ।