ट्रम्पको ट्वीटर र फेसबुक २४ घण्टाको लागि बन्द

2 years ago

ट्रम्पको ट्वीटर र फेसबुक २४ घण्टाको लागि बन्द

अमेरिकी संसद भवनमा आक्रमण गर्ने आफ्ना समर्थकलाई उत्तेजित पार्ने खालको सामग्री प्रकाशन प्रसारण गर्न थालेपछि ट्वीटर र फेसबुकले राष्ट्रपति ट्रम्पले अकाउन्ट अस्थायी रुपमा बन्द गरिदिएको छ । आफ्नो भ्वाइलेन्स् नीति हद पार गरेको भन्दै ट्वीटरले १२ घण्टा र फेसबुकले २४ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरिदिएका हुन् ।

सो अवधिभर अब उनले कुनै पोस्ट गर्न सक्ने छैनन् । यसबीचमा ट्रम्पले शेयर गरेका भिडियो तथा पोस्टहरू फेसबूक तथा ट्वीटरले हटाएका छन् । राष्ट्रपति ट्रम्पले चुनावी परिणाम अस्विकार गर्दे आएदेखि फेसबुकले उनको पोस्टमा निगरानी बढाउँदै आएको थियो।

अमेरिकी संसदमा उनका समर्थकहरुले गरेको आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि त्यहाँको राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ ।