जर्मनीमा लकडाउन बढाइयो

2 years ago

जर्मनीमा लकडाउन बढाइयो

कोरोनाको बढ्दो केसकाबीच जर्मनीमा कडा प्रतिबन्धका साथ लकडाउन बढाइएको छ ।

चान्सलर एन्जेला मर्केलले मंगलवार कोरोनामाथि लगाम लगाउनको लागि ३१ जनवरीसम्म नेशनवाइड लकडाउन बढाइएको बताएकी छन् । यो निर्णय स्टेट गभर्नरको सुझावपछि मात्रै लिइएको हो ।

जर्मनीमा हालसम्म ३७ हजार १८० जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने १८ लाख १४ हजार ५६५ जनालाई कोरोना संक्रमण भएको छ ।