जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

2 years ago

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले बिहीवार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लागेको जनाइएको छ ।

मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् । विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ।