जापानका प्रधानमन्त्रीको राजीनामा

2 years ago

जापानका प्रधानमन्त्रीको राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने भएका छन् ।

जापानका सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रधानमन्त्री आवेले राजीनामा दिने भएका हुन् । उनी जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् । ६५ वर्षीय आवेको कार्यकालमा जापानमा धेरै विकास निर्माण्का काम भएका छन् । उनको कार्यकाल अब १ वर्ष बाँकी छ ।