जोइ बाइडेनले उल्ट्याए डोनाल्ड ट्रम्पकका नितिहरु

2 years ago

जोइ बाइडेनले उल्ट्याए डोनाल्ड ट्रम्पकका नितिहरु

अमेरिकी  राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूलो निर्णयमा  हस्ताक्षर गरेका छन्  ।

राष्ट्रपति बाइडेनले ओभल अफिसमा पुगेका पत्रकारसँग कुराकानी गरे अब उनको ठूलो प्राथमिकतामा कोरोना संकट ,आर्थिक संकट’ र जलवायु संकट’ समावेश भएको बताएका छन् । 

उनले आफ्नो पहिलो कार्यकारी आदेश अनुसार सबै अमेरिकीलाई कोरोनाका लागि मास्क लगाउन अनिवार्य गरिदिएका छन् र साथै पेरिस जलवायु सम्झौतालाई अमेरिकामा पुर्णरुपमा समावेश गरेका छन् । कार्यकारी आदेश त्यस्ता आदेश हुन् जसमा संसदबाट अनुमति लिनु पर्दैन ।

पहिलो हप्तामा बराक ओबामाले यसको लगातार प्रयोग गर्दथे र डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको निकै प्रयोग गरेका थिए ।  उनले आफ्नो एजेन्डा लागू गर्न र डोनाल्ड ट्रम्पको नीति फिर्ता लिनका लागि हालसम्म १७ कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

केही आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ। यदि अघिल्ला राष्ट्रपतिसँग तुलना गर्ने हो भने दुई हप्ताभित्र राष्ट्रपति डोनल्ड ट्रम्पले आठ र राष्ट्रपति बराक ओबामाले ९ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

नयाँ प्रशासनले भने देशको वर्तमान स्थिती ठिक छैन र उसले महामारीका कारण खस्कँदो अर्थव्यवस्थासँग जुधिरहेका छन्  त्यसैले राष्ट्रपतिको तर्फबाट तत्काल कदम उठाउन आवश्यक रहेको बताएका  छन् ।’