च्याम्पियन्स लिग फुटबलमा हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित

2 years ago

च्याम्पियन्स लिग फुटबलमा हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित

जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा सेभियालाई पराजित गरेको हो । बुधबार राति भएको पहिलो लिगमा डर्टमण्डले सेभियालाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ ।

खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाए पनि महमुदले १९औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई १-१ को बराबरीमा ल्याएको थियो ।

२७औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-१ को अवस्थामा पुर्‍याएको भने ४३औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो ।

खेलको ८४औँ मिनेटमा घरेलु टिमका लुक डी जोङले एक गोल गर्दै खेलमा फर्किने कोसिस गरे पनि डर्टमण्ड ३-२ ले विजयी भयो र दोस्रो लिग खेल मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।