च्याम्पियन्स लिगमा लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित

2 years ago

च्याम्पियन्स लिगमा लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ ।

मंगलबार राति हंगेरीको पुस्कास एरिनामा भएको ‍अन्तिम-१६ को पहिलो लिगमा ‍जर्मन क्लब आरबी लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित गरेको छ ‍।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरेका थिए ।लिभरपुलका लागि ५३औँ मिनेटमा सलाहले र ५८औँ मिनेटमा मानेले गोल गरे ।मार्च १० मा  दोस्रो लिग खेल लिभरपुलको मैदानमा हुनेछ ।