चीन र भारतले गरे आफ्ना सैनिक फिर्ता

2 years ago

चीन र भारतले गरे आफ्ना सैनिक फिर्ता

भारत र चीनले विवादित ताल पान्गोङ त्सो तालबाट आआफ्ना सेनालाइ फिर्ता लगेका छन् । शनिवार दुवै मुलुकले पूर्णरुपमा उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेको भारतीय रक्षामन्त्रालयले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

भारतको लद्दाखस्थित गलवान भ्यालीमा रहेको सीमाक्षेत्रमा गत वर्ष दुई मुलुकका सैनिकबीच झडप भइ दुवै पक्षका गरी २४ सैनिकको मृत्यु भएको थियो ।

यसअघि फेब्रुअरी ११ मा चीन र भारतबीच उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्ने सम्झौता भएको थियो ।

यस विषयमा जानकारी दिन शनिवार दुवै मुलुकका सैनिक कमाण्डरको बैठक बसेको थियो भने आइतवार सार्वजनिक गरिएको विज्ञप्तिमा दुवै पक्षले यसअघि भएको सम्झौता सकारात्मकरुपमा लिएको उल्लेख गरिएको छ ।

सीमा विवादको समस्या समाधानका लागि दुई मुलुकका सैन्य कमाण्डरको बीचमा विभिन्न नौ चरणमा वार्ता भए पनि संयुक्तरुपमा जारी विज्ञप्तिमा सीमाका अन्य क्षेत्रमा जारी तनाव कम गर्न पनि निरन्तर वार्ता जारी राख्ने सम्झौता भएको छ ।