चीनले ६ वर्षभित्र ताइवानमाथि आक्रमण गरेर कब्जा गर्ने

2 years ago

चीनले ६ वर्षभित्र ताइवानमाथि आक्रमण गरेर कब्जा गर्ने

चीनले अबको ६ वर्षभित्र स्वशासित ताइवानमाथि कब्जा गर्नको लागि आक्रमण गर्ने एक अमेरिकी शीर्ष सैन्य अधिकारीले चेतावनी दिएका छन् ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा पेश भएका अमेरिकी कमाण्डर एडमिरल फिलिप डेभिडसनले भने ‘एसियामा अमेरिकाको सैन्य शक्ति रोक्नको लागि चीनले लगातार प्रयास गरिरहेको छ र उसले सबैभन्दा पहिले ताइवानमाथि आक्रमण गर्नेछ ।’

‘चीन स्वशासित ताइवानलाई बलपूर्वक आफूमा मिलाउने धम्की दिइरहन्छ’ एसिया प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य अधिकारी डेभिडसनले भने ‘मलाई चिन्ता छ कि उनीहरु नियममा आधारिक अन्तर्राष्ट्रिय व्यवस्थामा अमेरिका र अमेरिकी नेतृत्वको स्थान लिने प्रयास गरिरहेका छन् र २०५० सम्म अमेरिकालाई प्रतिस्थापन गर्ने प्रयासमा छन् ।’

योभन्दा अगाडि चीनको महत्वाकांक्षा ताइवान भएको बताउँदै डेभिडसनले ताइवानमाथि आक्रमणको खतरा यसै दशकमा उत्पन्न हुने र आफूलाई आगामी ६ वर्षभित्रै चीनले ताइवानमाथि हमला गर्न सक्ने लागेको बताएका छन् ।

सिनेटको सैन्य सेवा समितिमा पेश भएका डेभिडसनले चीनले यो क्षेत्रमा आफ्नो सैन्य पूँजी लगातार बढाइरहेको र यसले अमेरिकाको लागि प्रतिकूल परिस्थिति बनिरहेको बताउँदै आफुहरुको प्रतिरोध स्तर पनि कमजोर हुँदै गएको बताए ।

द गार्डियनका अनुसार डेभिडसनले अमेरिकाले यो खतरा बढ्न दिइरहेको औंल्याउँदै चीनले यथास्थितिलाई एकतर्फी रुपले बदल्न सक्ने खतरा रहेको बताए ।

अमेरिकी सेनाले बलियो जवाफ दिनुभन्दा पहिले नै चीनले आक्रमण गरिसक्ने खतरा रहेको बताउँदै चीनले आक्रमणको उद्देश्यले नै त्यस क्षेत्रमा सैन्य सामग्री जम्मा गरिरहेको बताए ।