चिनियाँ गेम निर्माता लिन छिलाई विष दिएर हत्या

2 years ago

चिनियाँ गेम निर्माता लिन छिलाई विष दिएर हत्या

गेम अफ थ्रोन्स बनाउन चिनियाँ अर्ब पतिको विष दिएर हत्या गरिएको छ । क्रिसमसको दिन उनको मृत्यु भएको प्रहरीले बताएको छ । लिन गेम निर्माता यूजूका अध्यक्ष तथा सीईओ थिए । गेम अफ थ्रोन्स विन्टर इज कमिङ स्ट्र्याटेजी गेम निर्माताको रुपमा चिनिन्थ्यो । उनका एक मुख्य सहयोगी नै मुख्य आरोपी हुन् ।

प्रहरीले उनको नाम उल्लेख गरिएको छैन । आरोपीको थर भने सु रहेको प्रहरीले जनकारी गरिएको छ । लिनको सम्पत्ति एक अर्ब ३० करोड डलर रहेको छ । शुक्रबार यूजूका वर्तमान तथा पूर्ण कर्मचारीहरुले भेला भएर लिनलाई श्रद्धाञ्जली दिएका थिए । सन् २००९ मा यूजू स्थापना गरेका थियो ।

लिनलाई विष दिने व्यक्त सु याहो हुन सक्छन् । उनी यूजूको मुभी प्रडक्सन शाखाको प्रमुख हुन् ।