चीनमा ३० करोड ८० लाख भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाए

2 years ago

चीनमा ३० करोड ८० लाख भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाए

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा कोरोना  विरूद्धको खोप ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले  लिइसकेका छन् । चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुर्‍याउने अभियानलाई तीब्र पारिरहेको छ ।

बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रवार आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति पनि दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैठौं खोप बनेको हो ।