चीनमा कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल

2 years ago

चीनमा कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल

चीन सरकारले कोरोनाबारे समाचार लेख्ने एक पत्रकारलाई सजाय दिने भएको छ ।३७ वर्षीया पत्रकार झाङ झानलाई ५ वर्षको जेल सजाय दिन लागिएको बीबीसीले जनाएको छ ।बीबीसीका अनुसार पूर्व वकील समेत रहेकी झानलाई गत मेदेखि नै प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।

उनलाई पाँच वर्षसम्मको जेल सजाय दिन लागिएको बताइएको छ । उनीमाथि कोरोनाको समाचार लेखेर झगडा गराएको साथै विभिन्न समस्या उत्पन्न गराएको आरोप लागेको छ । चीनले यस्ता मुद्दा विशेष गरेर अभियन्तामाथि लगाउँदै आएको छ ।

गत फेब्रुअरीबाट चीनले झानसहित तीन जना पत्रकारलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये एक जना पत्रकार लि जिहुवा गत अप्रिलमा फेला परेका थिए । उनले आफू क्वारेन्टाइनमा रहेको बताएका थिए । त्यस्तै चेन क्यूसीलाई सरकारको निगरानीमा राखिएको बताइएको थियो ।

त्यस्तै अर्का पत्रकार फाङ विन भने अझै बेपत्ता रहेका छन् । झान भने गत फेब्रुअरीमा विभिन्न समाचार लेख्न वुहान शहर पुगेकी थिइन् । जहाँबाट उनले विभिन्न विषयवस्तुलाई लिएर समाचार लेखेकी थिइन् ।