ग्रिसमा लकडाउन

2 years ago

ग्रिसमा लकडाउन

ग्रिसमा फेरि लकडाउनको घोषणा गरिएको छ । ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले राजधानी एथेन्समा पूर्ण लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि उनले मंगलवार एथेन्समा लकडाउनको घोषणा गरेका हुन्।

देशको लगभग आधा जनसंख्या रहेको राजधानी एथेन्समा एक करोडभन्दा धेरै मानिसको बसोबास रहेको छ । जनसंख्याको ठूलो चापका कारण थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न सिफारिस गरिएको अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउन फेब्रुअरी ११ ९आज० देखि यो महिनाको अन्त्यसम्म लागू हुने छ । लकडाउन घोषणापछि त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरि अनलाइन कक्षामा फर्किएका छन्।