ग्यालेक्सी फोर के टेलिभिजन च्यालन सञ्चालन गर्ने सञ्चारकर्मी रवि लामिछानेको घोषणा

2 years ago

ग्यालेक्सी फोर के टेलिभिजन च्यालन सञ्चालन गर्ने सञ्चारकर्मी रवि लामिछानेको घोषणा

मंगलवार नक्सालको एक होटलमा विशेष कार्यक्रम गरेर रवि लामिछानेले ‘ग्यालेक्सी फोर के’ नामक टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका छन ।

रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट ‘सीधा कुरा जनतासँग’ कार्यक्रम गर्दै आएका थिए । उनले सञ्चालन गर्ने ‘ग्यालेक्सी फोर के’ टेलिभिजनबाट रामायण, को बन्छ करोडपति जस्ता कार्यक्रमहरु प्रशारण हुने लामिछानेले जानकारी दिइएको छ । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।