गायक जगतमर्दन थापाको निधन

2 years ago

गायक जगतमर्दन थापाको निधन

गायक जगतमर्दन थापाको  सोमबार बिहान ८२ वर्षीय उमेरमा उपचारको क्रममा  निधन भएको छ ।

उनलाई केही दिनदेखि श्वासप्रश्वास सम्बन्धी समस्याका कारण  नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।उनी वि.स. १९९५ असार १७ मा जन्मिएका थिए ।  उनको  ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् ।

उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।