कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबारको दिनमा पदबाट राजीनामा

2 years ago

कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबारको दिनमा पदबाट राजीनामा

सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध र मानवता विरोधी अपराधसँग सम्बन्धित मुद्दा लागिएको छ ।

कोसोभो युद्धका क्रममा १० हजारभन्दा बढी मानिस मारिएका थिए । गएको अदालतमा अप्रिलमा मुद्दा दर्ता भएको र अक्टोबर २६ मा न्यायाधीशले मुद्दाका बारेमा सार्वजनिक गरिएको बताएको छ ।

अरु तीन जना पूर्व कमान्डरमाथि मार्च १९९८ देखि सेप्टेम्बर १९९९ को अवधिमा गैरकानुनी रुपमा धम्की दिने, अभद्र व्यवहार गर्ने, हिंसा फैल्याउने तथा आफ्ना विरोधीलाई सफाया गर्नेजस्ता अन्य गम्भीर अपराध गरेको आरोप लागिएको  छ ।

तीन जना पूर्व कमान्डरहरु आरोपि थासी सहित काद्री भेसेली, रेक्सहेप सेलिमी र जाकुप क्रासनिकी केही दिनभित्रै हेग अदालतमा उपस्थित हुनेछन् । उनीहरुमाथि हत्या, यातना, जबर्जस्ती बेपत्ता र उत्पीडन समेतका १०–१० वटा आरोप लागेका छन् ।