कोरोना विरुद्धको खोप प्रयोजनका लागि सेना परिचालन: अमेरिका

2 years ago

कोरोना विरुद्धको खोप प्रयोजनका लागि सेना परिचालन: अमेरिका

संयुक्त राज्य अमेरिकाले कोरोना विरुद्धको खोप दिने प्रयोजनकालागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ ।

पछिल्लो समयमा अमेरिकामा कोरोनाका कारणले ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियानमा जारी रहेको  छ । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई अमेरिकी रक्षा मन्त्रालयले स्वीकार गरेको छ ।

अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेका थिए ।  अब अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागकालागि एक हजार ११० जना सैनिक खटाउने भएको छ ।

फेब्रुअरी १५ सम्ममा यही देशभरमा रहेका सबै नागरिकहरुलाई खोप दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए ।

प्रयोजनका लागि कम्तिमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने भएको छ । अधिकारीहरुको अनुसार यस प्रयोजनकालागि सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाइने  छ ।