कोरोना जोखिम भएपनि बाजुरामा हवाईजहाज सञ्चालन गरियो

2 years ago

कोरोना जोखिम भएपनि बाजुरामा हवाईजहाज सञ्चालन गरियो

कोरोना जोखिम  भएपनि बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ ।

गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले बाजुरामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ।

कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको  पनि बताएको छ। आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिए ।

बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन भएपछि नागरिक खुशी भएका छन् । कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र  सुरक्षाका उपायमा हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

विशेष गरी अहिले लकडाउनले गर्दा सवारी सधानको अभाव  र भारी वर्षका कारण विभिन्न ठाउँमा गएको  बाढी र पहिरोले बाटो बन्द  भएको बेला   प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ ।