कोरोनाबाट फ्रान्सका पूर्व राष्ट्रपति वेलरीको निधन

2 years ago

कोरोनाबाट फ्रान्सका पूर्व राष्ट्रपति वेलरीको निधन

फ्रान्सका पूर्व राष्ट्रपति वेलरी गिसकार्ड डिएस्टेंगको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ९४ वर्षका वेलरीलाई यूरोपइ देशलाई एकजुट गराउने व्यक्ति भनेर चिनिन्छ । उनी १९७४ बाट १९८१ सम्म राष्ट्रपति रहेका थिए ।

उनलाई केहि दिन पहिला मात्रै श्वासप्रश्वासमा समस्या रहेको थियो । उनी स्वस्थ भएपछि घर गएका थिए । बुधवार उनी अचानक स्वास्थ्यमा समस्या भएको भन्दै अस्पतालमा भर्ना भएका थिए । उनी कोरोना संक्रमित रहेको बताइएको थियो ।