किर्गिस्तान चुनाव: सादिर जपारोफ ठूलो मतका साथ विजयी

2 years ago

किर्गिस्तान चुनाव: सादिर जपारोफ ठूलो मतका साथ विजयी

किर्गिस्तानको राष्ट्रपतीय चुनावको अग्रभागमा रहेका सादिर जपारोफ ठूलो मतका साथ विजयी भएको चुनावको प्रारम्भिक परिणामले देखिएको छ।

धेरै मत गणना भइसकेको छ त्यसको आंशिक परिणाम अनुसार उनले ८० प्रतिशत मत प्राप्त गरेका छन् । राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जपारोफले जेल जीवन बिताएका थिए।

अब उनले संविधान संशोधन गर्न भएको मतदानपछि राष्ट्रपतिको नयाँ शक्ति हातमा लिने भएका छन् । गएको अक्टोबर महिनामा भएको संसदीय चुनावपछि किर्गिस्तान सङ्कटमा रहने भएको छ।