क्रिकेटर कुन्दन सिंहको निधन

2 years ago

क्रिकेटर कुन्दन सिंहको निधन

राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको निधन भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतवार कुन्दनको निधन भएको जनकारी दिएको छ । मृगौला रोगबाट पीडित कुन्दनको २३ वर्षको उमेरमा जलेश्वर नगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो ।

कुन्दनको दुबै मिर्गौला खराब भएको थियो । गत वर्षबाट उनले नियमित डाइलासि गराउँदै आएका थिए । कुन्दनले गत साउनमा कोरोनालाई जितेका थिए।आर्थिक अवस्था कमजोर भएका कुन्दनलाई आर्थिक सहयोग गर्न कुन्दन बचाउ अभियानु समेत चलाईएको थियो ।

कुन्दनले दुई वर्ष अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश(२ बाट खेलेका थिए ।