क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

2 years ago

क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री प्लेन्कोभिकको पनि परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि अहिले प्रधानमन्त्री प्लेन्कोभिक १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् । उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर, स्वास्थ्यकर्मीले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजिटिभ देखिएको अधिकारीले जनाएका छन् । 

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना काम गरिरहेका पनि अधिकारीहरूले बताएका छन् ।