किम जोङ उनकी बहिनी किम यो-जङले अमेरिकालाई 'दुर्गन्ध नफैलाउन' चेतावनी

2 years ago

किम जोङ उनकी बहिनी किम यो-जङले अमेरिकालाई 'दुर्गन्ध नफैलाउन' चेतावनी

उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो-जङले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहेको अमेरिकालाई 'दुर्गन्ध नफैलाउन' चेतावनी दिएकी छिन् । 

कोरियाली नीति सार्वजनिक तयारी गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले गरिरहनुभएको छ । साथै यो-जङले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरेकी छिन् । 

अमेरिकी नयाँ प्रशासनले समुद्रपारिको हाम्रो भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष गरिरहेको किम यो-जङले बताएको छ । चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्रो हुन्छ ।’

अमेरिकी सरकारले भने उत्तर कोरियासँग राजनीतिक सम्पर्क बनाउने कोसिस गरे पनि विफल भएको बताएको छ । 

उत्तर कोरियाले अझै पनि आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपति स्वीकार गरेको छैन ।  उत्तर कोरियाको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण दुई देशबीच तनाव बढिरहेको छ ।