कतारमा सरकारले श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न

2 years ago

कतारमा सरकारले श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न

हालै बढाएको कतार सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे एनआरएनए कतार र कतार सरकारले संयुक्त सचेतनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । 

कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताएको छ ।

कतार सरकारको कार्यक्रममा सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ, नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाललगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको अध्यक्ष मुसलमानले बताएको छ ।

नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्‍याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ । खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो नयाँ पारिश्रमिक आगामी मार्च महिना देखि लागू हुने बताईएको छ ।

श्रमिकहरुले बिना अनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएको छ । कतारमा ३ लाख ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।