कंगनाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्ति मागिन्

2 years ago

कंगनाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्ति मागिन्

बलिउडकी अभिनेत्री कंगना रनौतले महानगरपालिकाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्तिको माग गर्दै  मुम्बई उच्च अदालतमा  मुद्धा हलेकी छिन्।

सेप्टेम्बर ९ मा कंगनाको कार्यलय तथा भवन महानगरपालिकाले मापदण्ड विपरित बनेको भनेर भत्काइएको थियो । उनको निजी भवनमा  महानगरपालिकाले २४ घण्टे सूचना प्रशारण गरेपछि  डोजर चलाइएको थियो ।

त्यस पछि उनले आफ्नो भवनको क्षतिपूर्तिको स्वरुप २ करोड माग गरेकी छिन उनले मंगलबार १५ पृष्ठको निवेदन अदालतमा पेश गरेकी  छिन ।