एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने

2 years ago

एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने

’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । 

एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतवार सम्झौता गरेको हो । एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका सीईओ उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई ऐतिहासिक सम्झौताको रुपमा लिएको बताउनुभयो ।

फुटसलको ’ए’ डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म पोखरामा संचालन हुनेछ । एन्फा फुटसल कमिटिले आयोजना गर्ने लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।  लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।