एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए

2 years ago

एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए

अमेरिकाको नेसनल फुटबल लिग ९एनएफएल० का पूर्व खेलाडी भिन्सेन्ट ज्याक्सन मृत भेटिएका छन् । सान डिएगो चार्जर्स र ताम्पा बेका पूर्व वाइड रिसिभर फ्लोरिडाको होटेल कम्प्लेक्समा मृत भेटिएका हुन् ।

३८ वर्षीय ज्याक्सनको मृत्युको बारे अनुसन्धान भईरहेको हिल्सब्रो काउन्टीका प्रहरीले जनाएको छ । ज्याक्सनले २०१८ मा सन्यास घोषणा गरेका थिए ।

ज्याक्सन गत फेब्रुअरी १० बाट हराएका थिए । त्यसपछि उनका परिवारले प्रहरीलाई खबर गरेका थिए ।