एट्लेटिकोले इल्चेलाई ३-१ ले पराजित

2 years ago

एट्लेटिकोले इल्चेलाई ३-१ ले पराजित

शनिबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई ३-१ ले पराजित गरेको छ । उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरे भने डिएगो कोस्टाले एक गोल गरेर इल्चेलाई पराजित गरको छ ।

४१औं मिनेटमा खेलमा काइरान ट्रिपिएरको पासमा सुआरेजले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को खेल बनाएका थिए । ५८औं मिनेटमा सुआरेजले यान्निक कारास्कोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिको म्याड्रिडको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा लुकास बोएले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा सब्सिच्युट डिएगो कोस्टाले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई ३-१ ले जिताए । दोस्रो स्थानको रियल सोसिडाडको २६ अंकले एट्लेटिकोले १२ तथा रियल सोसिडाडले १४ खेल खेलेको छ । तेस्रो स्थानको रियाल म्याड्रिडको २६ अंक छ । १५ औं स्थानमा इल्चे १४ अंकसहित छ ।