एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड

2 years ago

एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड

बलिउड चलचित्र विस्तारै हलमा दर्शक तान्न सक्रिय देखिएका छन् । महंगो बजेटमा बनेका स्टार कलाकारका चलचित्र अझै रिलिज भएका छन् । 

यसैले पनि बक्स अफिसमा दर्शकको चाप उच्च देखिएको छैन । एक साता अगाडि रिलिज भएको चलचित्र ‘रुही’ले बक्स अफिसमा औषत व्यापार गरेको छ ।

यो चलचित्रले एक सातामा १६.४१ करोडको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रले बिहिवार ३.०६ करोड, शुक्रवार २.२५ करोड, शनिबार ३.४२ करोड, आइतवार ३.८५ करोड, सोमवार १.३५ करोड, मंगलवार १.२६ करोड र बुधवार १.२२ करोडको व्यापार गरेको छ ।

भारतको महाराष्ट्रमा कोभिडको केस बढेपछि अकुपेन्सी ५० प्रतिशतमा झारिएको छ । कोभिडपछि रिलिज भएको यो चलचित्रले औषत व्यापार गरेपनि बलिउडका ट्रेडहरुले यसलाई सुखद मानेका छन् । हरर जनरामा बनेको यो चलचित्रमा जानवी कपुर, राजकुमार राव, बरुण शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।