एकैपटक आयाक्सका ११ खेलाडीमा कोरोना पुष्टि

2 years ago

एकैपटक आयाक्सका ११ खेलाडीमा कोरोना पुष्टि

डच क्लब आयाक्सका ११ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेल अघि गरिएको परिक्षणमा आयाक्सका ११ खेलाडीमा कोरोना देखिएको हो ।

आयाक्सले सोमवार आफ्ना टिमका ११ खेलाडीमा कोरोना देखिएको पुस्टि गरेको हो । समूह डी मा रहेका आयाक्स र मिद्त्जील्यान्डबीचको खेल बुधवार हुनेछ । आयाक्सले १ अंक जोडेको छ । मिद्त्जील्यान्ड भने अंक विहीन रहेको छ ।