एकदिने नेपाल भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौं आईपुगे

2 years ago

एकदिने नेपाल भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौं आईपुगे

चिनियाँ रक्षामन्त्री वेई फेङहे एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुग्नु भएको छ ।

नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर रक्षामन्त्री वेई नेपाल आउनु भएको हो । नेपाल भ्रमणका क्रममा वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनु भएको छ ।  त्यसपछि करिब २ बजे उहाँ सैनिक मुख्यालय जंगी अड्डामा पुग्ने र त्यहाँ उहाँलाई नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्नेछ ।

त्यसपछि रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्नु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

त्यहाँबाट उहाँ सीधै स्वदेश फर्कनुहुने जनाइएको छ । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर दोस्रो साता नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् ।