एउटा विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु : अफगानिस्तान

2 years ago

एउटा विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु : अफगानिस्तान

अफगानिस्तानको राजधानी काबुलमा एउटा  विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएका छन्  भने  अरू दर्जनौँ घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटन भएका छन् । हताहत हुनेमध्ये अधिकांश छात्रा भएको अफगानिस्तानकमो शिक्षा मन्त्रालयले जनाएको  छ ।

अहिलेसम्म दश्त-ए-बर्चीमा भएको उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैनन् ।  त्यो ठाउँमा प्राय : सुन्नी लडाकूहरूले आक्रमण गर्दै आएको उनीहरूले नै आक्रमण गरेको हुन सक्ने प्रहरीले बताएको  छ ।