इन्डोनेसियामा कोरोना भाइरस विरुद्धको खोप सबैभन्दा पहिला राष्ट्रपति विडोडोले लगाए

2 years ago

इन्डोनेसियामा कोरोना भाइरस विरुद्धको खोप सबैभन्दा पहिला राष्ट्रपति विडोडोले लगाए

विश्वव्यापी रुपमा फैलिएको  कोरोना भाइरसविरुद्धको खोप इन्डोनेसियामा सबैभन्दा पहिले राष्ट्रपति जोको विडोडोले लगाएका छन् । बुधबार राष्ट्रपति विडोडोले लगाउन सुरु गरिएको खोप  देशका सबै नागरिकहरुलाई निःशुल्क उपलब्ध गराउने जनकारी गरेका हुन्।

कोरोना विरुद्धको खोप सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई  लगाइने र त्यसपछि समस्या र जोखिमको आधारमा प्राथमिकता दिदै निरन्तण गरेर सबैलाई लगाइने बताएको छ। इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको छ।

हालसम्म इन्डोनेसियामा कोरोनाका कारण १९ हजारभन्दा बढीको  मृत्यु भएका छन्, भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।