इण्डोनेशियाली विमान समुन्द्रमा दुर्घटना

2 years ago

इण्डोनेशियाली विमान समुन्द्रमा दुर्घटना

इण्डोनेशियामा ठूलो विमान दुर्घटना भएको छ । विामानले शनिवार जकार्ताबाट उडान भरेको थियो । त्यसपछि विमान क्रयाश भएको हो । विमानमा १२ जना क्रु मेम्बरसहित कुल ६२ जना यात्रु सवार थिए ।

अब विमान दुर्घटनास्थलमा मानव शरीरका अंग पाइएका छन् । यसका पुष्टि त्यहाँका अधिकारीहरुले गरेका हुन् । मन्त्री बुदी करिया सुमाडीले श्रीविजय एयरलाइन्सको उडान १८२ लाई २ बजेर ३६ मिनेटमा उडान भर्नु पर्ने भएपनि केहि ढिला भएको थियो ।

पाइलटले ४ मिनेटसम्म ट्रापिक कन्ट्रोलसँग सम्पर्क गरे । त्यसपछि विमान गायब भएको थियो । अहिले बेपत्ता मानिसको खोजी भइरहेको बताइएको छ । उनीहरुको अंग क्षतविक्षत अवस्थामा भेटिएका छन् ।