इटालियन सिरी ए मा युभेन्ट्सको जित

2 years ago

इटालियन सिरी ए मा युभेन्ट्सको जित

इटालियन सिरी ए मा युभेन्ट्सले सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा रोनाल्डोको दुई र बेस्टन म्याकेनीको एक गोलको मद्दतमा युभेन्ट्सले क्रोनटोनलाई ३(० ले हराएको हो ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेको हो ।

यस सिजन सिरी ए मा १८ गोल गरेका रोनाल्डो  सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेको छ ।म्याकेनीले ६६औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले ३(० को जित हात पारेसँगै २२ खेलबाट ४५ अंक जोड्दै  युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलानभन्दा अझै ८ अंकले पछि रहेको छ भने दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले पछि छ ।  इन्टर र एसी मिलानले समान २३ खेल खेलेका छन् ।