इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित

2 years ago

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित

शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहमविरूद्ध १–० को जित निकालेको छ । 

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण  जित निकालेको छ । पहिलो घरेलु टोलीले हाफमै १० खेलाडीमा सीमित बनेको थियो । ७८औँ मिनेटसम्म चेल्सीले गोल पर्खनु पर्‍यो । मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरेको थियो ।

वेन चिलवेलको क्रसमा फुलहमका गोलकिपरले पन्च गर्दा फर्किएको बलमा डिबक्सभित्र रहेका माउन्टले गोल गरेका थिए । पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो ।

चेल्सीका खेलाडीले गोलका लागि निकै प्रयास गरेका थिए । तर कुनै पनि प्रहार सफल हुन सकेन । सातौँ स्थानमा जितसहित चेल्सी २९ अंक जोड्दै तालिकाको उक्लिएको छ  । फुलहम १२ अंकसहित रेलिगेशन जोनमै रहेको छ ।