इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा म्यानचेस्टर सिटी

2 years ago

इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा म्यानचेस्टर सिटी

बुधबार राति भएको  इंग्लिस प्रिमियर लिगको खेलमा ब्राइटनलाई १-० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा पुगेको ‍ छ। 

म्यानचेस्टर सिटीको जितमा फोडेनले खेलको ४४ औं मिनेटमा ‍ निर्णायक गोल गरेको थियो। लिगमा सिटीको यो लगातार चौथो जित हो। ‍ टोटेनहमलाई फुलहमले १-१ गोलको बराबरीमा रोकेको हो।

प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर युनाइटेड १७ खेलबाट ३६ अंक जोड्दै पहिलो ‍ स्थानमा पुगेको छ ।

दोस्रो स्थानमा लिभरपुल ३३ अंक  र तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ ।३२ नै अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा झरेको छ। एभर्टन पनि ३२ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको टोटेनहमले ३० अंक बटुलेको छ ।