आर्सनलले न्यूक्यासललाई ३ गोलले पराजित

2 years ago

आर्सनलले न्यूक्यासललाई ३ गोलले पराजित

गएराति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३-० गोल अन्तरले पराजित गरेको छ । 

आर्सनललाई सहज जित दिलाउनको लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे  भने बुकायो साकाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए । जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ ।

१९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा रहेको छ ।