आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित

2 years ago

आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित

त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । 

शनिवार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

आर्मीविरुद्ध चौदण्डीले ४ विदेशी खेलाडीलाई मैदान उतारेको थियो । चौदण्डीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो । जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ भने चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।