आजदेखि सिनेमा हल खुल्यो

2 years ago

आजदेखि सिनेमा हल खुल्यो

कोरोना संक्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल शुक्रबारदेखि खुल्ला भएका छन् । 

व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले शुक्रबारदेखि सिनेमा हल सञ्चालन गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्ड अनुसार नै सिनेमा हल खुलाइएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताउनुभयो ।

हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गरिएको उहाले बताउनुभयो ।

नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले जानकारी दिनुभयो । सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने प्रावधान पनि राखिएको छ ।