आगामी फागुन २१ गतेबाट गोर्खे फिल्म प्रदर्शन हुदै

2 years ago

आगामी फागुन २१ गतेबाट गोर्खे फिल्म प्रदर्शन हुदै

गोर्खे बन्ने सपना बुनेका पाँच युवाको कथा समेटिएको फिल्म ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

कोजु इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा प्रस्तुतकर्ता हरि लामा र निर्माता तिर्थराम कोजु तथा हरि थापा  रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीले वितरण गर्दै छन् । रिलिज हुने मितिसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । नेपालको पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्ममा किस्मत गौतमको निर्देशन रहेको छ ।

फिल्ममा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतको अभिनय रहेको छ । फिल्ममा सौरभ लामा र निरज कँडेलको छायांकन, काजी लिम्बुको कथा, पटकथा, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको  छ ।