आगामी जुलाई ४ मा कोरोना भाइरसबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको अमेरिकी राष्ट्रपति जो बाइडनको भनाई

2 years ago

आगामी जुलाई ४ मा कोरोना भाइरसबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको अमेरिकी राष्ट्रपति जो बाइडनको भनाई

अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी जुलाई ४ मा कोरोना भाइरसबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको बताएका छन् ।

बाइडनले आगामी मे १ सम्ममा अमेरिकाका सबै राज्यका वयस्क नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउन निर्देशन दिएको बताएका छन् । यो योजनाले जुलाई ४ सम्म अमेरिका सामान्य अवस्थामा फर्किने बाइडनको भनाइ रहेको थियो ।

अमेरिकामा कोरोना नियन्त्रणको लागि लकडाउन सुरु भएको एक वर्षको अवसरमा बोल्दै बाइडनले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन् ।

यसअघि उनले कोरोना राहतको लागि १९ खर्ब डलरको प्याकेजमा हस्ताक्षर गरेका थिए भने अहिलेसम्म अमेरिकामा कोरोनाबाट पाँच लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

बाइडनले अब कोरोनाबाट अमेरिकी नागरिकहरुलाई थप पीडा नहुने बताएका छन् । बाइडनले कोरोनाले अमेरिकाबाट केही महत्वपूर्ण कुराहरु खोसेको बताएका छन् । उनले आफूहरु कोरोनाको अन्त्यको निकै नजिक आइपुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।