3 years ago
अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगातार परेको मुसलधारे वर्षाका कारण बाढी र डुवान हुन थालेपछि स्थानीय सरकारले हजारौं मानिसलाई घर छाड्न र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
ह्र्याक्सबरी र नीपीयन नदीमा जलासयले खतराको सीमा नाघेपछि सरकारले १८ हजारलाई सुरक्षीत स्थानमा सारिसकेको छ । सिड्नी नजीकैको पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र सबैभन्दा बढी डुबानको खतरा छ। मानवीय क्षति नभए पनि यसले धेरै मानिसलाई उठीवास लगाएको छ ।
न्यूसाउथवेल्स राज्यको आपतकालीन सेवा विभागका कमिश्नर डेनियल अस्टीनले प्रभावित क्षेत्रका लागि चेतावनी जारी गरिएको र स्थितिलाई निकै नजिकबाट नियालिरहेको बताएका छन्।
न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लिनले न्यूक्यासल एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्। बाढीका कारण १ सय ३० वटा स्कुल पनि आपतकालीन रुपमा बन्द गरिएको छ।