अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षापछिको बाढीका कारण जनजीवन प्रभावित, १८ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

2 years ago

अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षापछिको बाढीका कारण जनजीवन प्रभावित, १८ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षापछिको बाढीका कारण जनजीवन प्रभावित भएको छ। पूर्व तटीय क्षेत्रका झण्डै १८ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सिड्नी आसपासका क्षेत्रका नदी तथा बाँधहरुमा पानीको सतह उच्च भएको छ ।

यस्तै बाढीका कारणले क्वीन्सल्याण्डसहितका क्षेत्र पनि प्रभावित भएका छन्। मौसमविदहरुले हप्ताभर नै बाढीको अवस्था रहन सक्ने भन्दै सावधानी अपनाउन भनेका छन्। बाढीका कारण बिस्थापित भएकाहरुका लागि प्रधानमन्त्री स्कट मोरिसनले सहयोगको घोषणा गरेका छन्।

अस्ट्रेलियाका एक तिहाई बासिन्दाको बसोवास रहेको क्षेत्रमा बाढीका कारणले जनजीवन प्रभावित भएको छ  । त्यहाँ ठूलो मात्रामा भौतिक क्षति समेत भएको छ।