अष्ट्रेलियामा कोरोना संक्रमित घट्दै

2 years ago

अष्ट्रेलियामा कोरोना संक्रमित घट्दै

विश्वमा कोरोना संक्रमणको संख्या बढी रहेको बेला अष्ट्रेलियामा भने  कोरोना संक्रमितको संख्या घट्दै  गएको छ ।

गएको तीन हप्तामा सबैभन्दा कम संक्रमित बिहिबार फेला परेका छन् । पछिल्लो २४ घण्टामा २ सय ९२ संक्रमित भेटिएका छन् भने बुधबार  ४ सय २८ संक्रमित फेला परेका थिए । २० जुलाई पछि एक दिनमा भेटिएको सबैभन्दा कम संख्या भएको अष्ट्रेलियाको सरकारी आँकडाले देखाएको छ । 

जोन होपकिन्स युनिभर्सिटीका अनुसार अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २२ हजार ३ सय ५८ पुगेको छ भने हालसम्म यहाँ ३ सय ६१ को मृत्यु भइसकेको छ ।