अमरिकी संसद परिसरमा ४ जनाको मृत्यु, वाशिंगटनमा १५ दिने पब्लिक इमर्जेन्सी

2 years ago

अमरिकी संसद परिसरमा ४ जनाको मृत्यु, वाशिंगटनमा १५ दिने पब्लिक इमर्जेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा अमेरिकाले एक पटक फेरि हिंसाको रुप देखाएको छ । यस पटक वाशिंगटनस्थित क्यापिटल हिलमा डोनाल्ड ट्रम्पका समर्थकले हंगामा मच्चाएका छन् । ट्रम्पका हजारौँ समर्थक क्यापिटल हिलमा हतियारसहित पसेका थिए ।

उनीहरुले त्यहाँ तोडफोड गर्नुका साथै सीनेटरलाई बाहिर निकालेर कब्जा गरेका थिए । यस हिंसामा ४ जनाको मृत्यु भएको बुझिएको छ । बाइडेनलाई राष्ट्रपति बनाउने तयारी चलिरहेको बेला यो हिंसा भड्किएको हो ।

डोनाल्ड ट्रम्पलाई सत्तामा राख्नको लागि दबाव दिइएको छ । वाशिंगटनका पुलिसका अनुसार चार जनाको मृत्यु भएको छ । जसमा एक महिलासमेत रहेकी छन् ।

उनलाई पुलिसको गोली लागेको थियो । वाशिंगटन मेयरका अनुसार त्यहाँ १५ दिनका लागि पब्लिक इमर्जेन्सी लगाइएको छ