अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोग लगाउने डेमोक्र्याटहरूको तयारी

2 years ago

अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोग लगाउने डेमोक्र्याटहरूको तयारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता विद्रोहको प्रयास गरेको भन्दै कार्यकाल सकिन लाग्दा र आक्रमण गराएर संसद् भवन क्पापिटलमा हिंसात्मक ढङ्गले नियन्त्रणमा लिन खोजेको र सत्ता विद्रोहको प्रयास गरेको भन्दै ट्रम्प विरुद्ध महाअभियोग लगाउने तयारी भएको छ ।

ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने बताइएको छ ।

त्यस्तो कदमले ‘हाम्रो महान्‌ देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ रहेको छ । प्रस्ताव ल्याइहाले पनि संसदको माथिल्लो सदन सिनेटबाट पारित हुन समय लाग्ने बताइएको छ ।

उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्‌मा ल्याएर पारित हुनुपर्नेछ । यसअघि पनि ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो