अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण

2 years ago

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको छ ।

अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको थियो । श्रोतका अनुसार यसको तयारीस्वरूप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको पेन्टागन गरेको छ ।

यस पहिलेको सरकारले तयार गरेको सेना फिर्ता गर्ने मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गरेको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताइएको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एक अफगानी अधिकारीले बताएको  छ ।

रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् ।