अमेरिकासहित सबै मुलुकलाई न्युक्लियर सम्झौतामा सहकार्य गर्न इरानको आग्रह

2 years ago

अमेरिकासहित सबै मुलुकलाई न्युक्लियर सम्झौतामा सहकार्य गर्न इरानको आग्रह

इरानले सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा  सहकार्य गर्न अमेरिकासहित सबै मुलुकलाई  आग्रह गरेको छ ।

सोमबार सीएनएनसँगको अन्तर्वार्ताको क्रममा इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले   अहिलेको अवस्थामा एकसाथ भएर समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन।

अमेरिकी राष्ट्रपति जो बाइडनले इरानसँगको न्युक्लियर सम्झौतामा फर्किनुपर्नेमा जोड दिँदै आएको छ  भने अमेरिकाले प्रतिबन्ध नहटाएसम्म  सम्झौतामा फर्किने सम्भावना नरहेको बताएको थियो ।

सन् २०१५ मा भएको सम्झौता अनुसार न्युक्लियर कार्यक्रम सीमित पार्न सहमत भए पछि ‍अमेरिकाले ‍इरानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

अन्तर्वार्ताको क्रममा इरानी विदेशमन्त्री जरिफले अमेरिकले  सम्झौता पालना गर्न तयार हुनुपर्ने र त्यसका लागि इरान पनि तयार रहेको बताए । राजनीतिक विश्लेषकहरुले पनि अमेरिकालाई इरानसँग भएको न्युक्लियर सम्झौतामा सामेल हुन आग्रह गरेका छन् ।